सुनको मूल्य घट्यो

274 पटक पढिएको

२७ भाद्र २०८०, बुधबार १२:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार २००, तेजावी सुनको मूल्य एक लाख १० हजार ६०० रुपैयाँ तोकिएको छ ।

मंगलबार एक लाख १२ हजार रुपैयाँमा छापावाल र एक लाख ११ हजार ४५० रुपैयाँमा तेजावी सुनको खरिदबिक्री भएको थियो ।

यस्तै आज चाँदीको मूल्य एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो एक हजार ४०५ रुपैयाँमा चाँदीको खरिदबिक्री भएको थियो ।