नेप्से परिसूचक आज ३९.४८ अंकले बढ्यो

306 पटक पढिएको

२७ भाद्र २०८०, बुधबार १५:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेप्से परिसूचक आज ३९.४८ अंकले बढेको छ । यस दिन परिसूचक दुई प्रतिशतले बढेर २००७.०६ विन्दुमा रोकिएको हो ।

आज १३ वटै समूहको परिसूचक बढेको छ । बढेको बजारमा सर्वाधिक कमाउनेमा हाइड्रोपावर समूहका लगानीकर्ता रहेका छन् । यो परिसूचक ३.६२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, फाइनान्स समूहको परिसूचक ३.२ प्रतिशतले वृद्धि भएको छ ।

बरूण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने शुभम् पावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था र अरुण कावेली हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आठ प्रतिशतले घटेको छ । एनआईसी एसिया बैंकको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको सात करोड ९३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

२७५ धितोपत्रको ५१ लाख ४४ हजार ७२४ हजार कित्ता एक अर्ब ४९ लाख रुपैयाँमा करोबार भएको छ ।