सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउने
23 पटक पढिएको

काठमाडौं । सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउने भएको छ ।
२९ भदौ शुक्रबार बोलकबोल हुने र ३१ भदौमा उक्त ऋणपत्र निष्कासन हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।
विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रकोे ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।