शेयर बजार आज बच्च अङ्कले बढ्यो

149 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेशनल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रो, थ्री स्टार हाइड्रो, मन्दाकिनी हाइड्रो, न्यादी हाइड्रो र खानीखोला हाइड्रो तथा स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।