घट्यो आज पनि सुनचाँदीको मूल्य

270 पटक पढिएको

११ आश्विन २०८०, बिहीबार १२:१० सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।

छापावाल सुन तोलामा एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।