सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

253 पटक पढिएको

१६ आश्विन २०८०, मंगलवार १२:२३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुन तोलाको सय रुपैयाँ घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अस्ति सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।