कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

263 पटक पढिएको

२१ आश्विन २०८०, आईतवार ११:४५ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा आज एक लाख सात हजार ६ सय रुपैयाँ छ । अस्ति तोलाको एक लाख सात हजार तीन सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा एक हजार तीन सय ३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।