तोलामा ३ सयले बढ्यो सुनको भाउ
222 पटक पढिएको
काठमाडौं । स्थानीय बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







