१३ सयले बढ्यो आज सुनको मूल्य
247 पटक पढिएको
काठमाण्डौ – हिजो र अस्ति घटेको सुनको मूल्य फेरि बढेको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुन एक लाख १३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी तोलाको एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।







