बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
394 पटक पढिएको
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शनिबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







