सुन आज तोलामा पाँच सयले घट्यो

304 पटक पढिएको

१३ कार्तिक २०८०, सोमबार १२:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। हिजो सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।