सुनको भाउ आज ७ सयले बढ्यो

314 पटक पढिएको

१६ कार्तिक २०८०, बिहीबार ११:५८ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुनको भाउ आज ७ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।