चार सयले घट्यो आज सुन

218 पटक पढिएको

२१ कार्तिक २०८०, मंगलवार १२:३९ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।