दुई सयले घट्यो आज सुनको मूल्य

275 पटक पढिएको

८ मंसिर २०८०, शुक्रबार १२:२४ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।