शेयर बजार आज दोहोरो अङ्कले घट्यो

103 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ विन्दुमा झरेको छ ।

आज हाेटल तथा पर्यटन, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्तकाे शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेकाे दिन आज अपर स्याङ्गे हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ६० लाख कित्ता शेयर एक अर्ब ७५ कराेड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे सात कराेड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।