सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम, तोलाको कति ?
273 पटक पढिएको
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो ।
छापावाल सुन तोलाको एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म उच्च कारोबार मूल्य हो । हिजो छापावाल सुन तोलाको एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज मंगलबार तेजाबी सुन तोलाको एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







