शेयर बजार आज पनि दुई दशमलव १७ अङ्कले घट्यो

105 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ । आज सबैभन्दा धेरै नारायणी विकास बैंकको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र मेन्छियाम जलविद्युतको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।

आज ४७ लाख २७ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको आठ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।