शेयर बजारमा आज १८ अंकको गिरावट

94 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से १८ अंकले घटेर १८ सय ५८ अंकमा बन्द भएको हो ।

आज बिहीबार ३२ वटा कम्पनीको मात्रै शेयर मूल्य उकालो लाग्दा २ सय १ वटा कम्पनीको मूल्य घटेको छ । घटेको बजारमा बिहीबार कारोबार रकम भने बढेर १ अर्ब २३ करोडको शेयर खरीदबिक्री भएको छ । २ सय ८९ कम्पनीको ४५ लाख ९५ हजार कित्ता शेयर १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरमा कारोबार भएको हो ।

म्युचल फण्ड उपसमूह सामान्य अंकले बढ्दा अन्य सवै उपसमूह घटेका छन् । वित्त, होटल तथा टुरिजम, जलविद्युत उपसमूह १ प्रतिशतले घटेका छन । घटेको बजारमा पनि रुरु जलविद्युतको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदीमार्दी हाइड्रको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नेपाल इन्सुरेन्सको संस्थापक शेयरको सर्वाधिक ११ करोड ६७ लाखको शेयर खरिद बिक्री भएको छ ।