कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?
329 पटक पढिएको
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि छापावाल सुन तोलाको यही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १८ हजार ४५० रुपेयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको एक हजार ४६५ रुपैयाँँमा कारोबार भएको थियो ।







