सेयर बजार आज दोहोरो अंकले ओरालो लाग्यो
272 पटक पढिएको
काठमाडौं । सेयर बजार अन्तिम कारोबार दिन बिहीबार आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० विन्दुमा अडिएको छ।
यसअघि साताको पहिलो कारोबार दिन नेप्से आइतबार २८ , सोमबार ३८.१४, मंगलबार ४५.९८ र बुधबार ३५.३९ अंकले बढेको थियो। दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।
आज ३०४ कम्पनीको १ करोड लाख ७२ हजार १४९ कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब बढीको सेयर कारोबार भएको थियो।
यसदिन १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुधबार १५ स्क्रिप्टको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।
बोटलर्स नेपाल,आशा लघुवित्त वित्तीय,धवलागिरि लघुवित्त वित्तीय,बीपीडब्लु लघुवित्त वित्तीय र चिरख्वा हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।







