सुनको भाउ आज तोलामा दुई सयले बढ्यो

245 पटक पढिएको

११ पुष २०८०, बुधबार १३:१५ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुनको भाउ आज ताेलामा दुई सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज ताेलाकाे एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ भने ताेलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महास‌ङ्घले जनाएको छ ।