शेयर बजार झिनो अंकले घट्यो

304 पटक पढिएको

१६ पुष २०८०, सोमबार १६:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ बिन्दुमा अडिएको छ । यस दिन बजारमा १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँको कारोबार भएको छ ।

यसअघि गत साताको सबै कारोबारमा नेप्से परिसूचक घटेको थियो । साताको पहिलो दिन आइतबार बजार बन्द रहेपछि आज सोमबार बजार खुलेको हो ।

आज बजार घट्दापनि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र चिरख्वा हाइड्रोपावर लिमिटेडको शेयरमा सकारात्मक सकिर्ट लागेको छ । त्यस्तै, उपसूचकतर्फका ५ समूह बाहेकका ८ वटै उपसूचक घटेका छन् । काराबारका आधारमा सिभम सिमेन्टस २० करोड ११३ लाख रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।

सोमबार बजार पूँजीकरण ३२ खर्ब रुपैयाँ बढी रहेको छ ।