नेप्से परिसूचक आज घटेर बन्द

366 पटक पढिएको

१९ पुष २०८०, बिहीबार १५:३० सम्पादक: धादिङ न्यूज

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेको नेप्से आज अन्तिम समयमा घटेर बन्द भएको हो।

बिहीबार (आज) नेप्से परिसूचक ८.७१ अंक घटेर २०४९.२८ विन्दुमा झरेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स ५.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज १ लाख ८ हजार ४०३ पटकको कारोबारमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ६० लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत बढेको हो भने जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.७० प्रतिशत घटेको छ।