नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर

294 पटक पढिएको

२२ पुष २०८०, आईतवार १२:४० सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।