सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढ्यो

249 पटक पढिएको

१ माघ २०८०, सोमबार १२:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।