एक सय रुपैयाँले घटेर कारोबार हुँदै आज सुन

264 पटक पढिएको

२ माघ २०८०, मंगलवार १२:५७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । एक सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।

हिजो तोलाको १ हजार ४ सय २० रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।