नेप्से आज ७.२४ अंकले घटेर बन्द भयो

299 पटक पढिएको

४ माघ २०८०, बिहीबार १६:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७.२४ अंकले घटेर बन्द भएको छ । ०.३३ प्रतिशतको गिरावटसँगै परिसूचक २१५५ अंकमा आएर रोकिएको छ ।

आज परिसूचक २१६३ अंकबाट सुरु भएको थियो ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक कारोबार अवधिमा एक–दुई पटक बढ्ने प्रयास गरेको थियो । साढे २ आसपास परिसूचक बढेर २१६७ अंकमा पुगे पनि त्यसयता निरन्तर घटेर ०।३३ प्रतिशतको गिरावटसँगै बन्द भएको हो ।

यस क्रममा आज ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । परिसूचक घटे पनि उच्च कारोबारको क्रमले भने निरन्तर पाएको छ । यससँगै, लगातार तेस्रो दिन नेप्सेमा ८ अर्बभन्दा धेरैको कारोबार भएको छ ।