रेडियो धादिङ प्रशारणको सात बर्षमा , परिसम्वाद कार्यक्रम सम्पन्न

834 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ रेडियो धादिङ परिक्षण प्रशारण आरम्भ भएको सातौं बर्ष प्रवेश गरेको छ । स्थापनाको छैटौं बर्ष पुरा गरेको अवसरमा रेडियो धादिङले सदरमुकाम धादिङबेसीमा विहीवार सामाजिक विकास र समाज रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका बिषयक परिसम्वाद कार्यक्रम सम्पन्न गरेको छ । ग्रामीण संचार सहकारी संस्था लि.ले २०६४ भदौ २० गते देखि धादिङबेसीवाट १०६ मेघाहर्जमा रेडियो धादिङको परिक्षण प्रशारण शुरु गरेको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुले बिषयबस्तुका वारेमा आफ्नो धारणा राख्नुभएको थियो । यसरी धारणा राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल,जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, डिभिजन सहकारीका प्रमुख रुद्रप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम वर्मा,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुववहादुर थापा ,साहित्यकार रमेश अधिकारी,सामुदायिक रेडियो प्रशारक संघ एकोरावका कोषाध्यक्ष एवम ग्रामीण संचार सहकारी संस्था लि.का सचिव सुवाष खतिवडा लगायत हुनुहुन्थ्यो ।

रेडियो धादिङ अहिले दैनिक १७ घण्टा प्रसारण हुंदै आईरहेको छ । चेपाङ,मगर,तामाङका साथै नेपाली भाषामा गरी दैनिक ७ वटा स्थानीय समाचार बुलेटिन र केन्द्रीय समाचार बुलेटिन दुई वटा गरी ९ वटा समाचार ,प्रत्येक दुई घण्टामा राजमार्ग सम्वन्धि समाचार प्रशारण गर्दै आईरहेको रेडियोले जनाएको छ ।
रेडियोका स्टेशन मैनेजर राजराम शर्माका अनुसार हरेक दिन विहान ५ बजे देखि राती १० वजे सम्म प्रशारण हुंदै आईरहेको रेडियो धादिङ धादिङ र आसपासका १५ जिल्लामा सुन्न सकिन्छ ।