आज सुनको मूल्य स्थिर

272 पटक पढिएको

९ माघ २०८०, मंगलवार १२:१४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १३९० रुपैयाँमा कारोबार भएको थियो ।