चार सयले घट्यो आज सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

276 पटक पढिएको

११ माघ २०८०, बिहीबार १२:३८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । चार दिनदेखि घटबढ नभएको सुनको भाउ आज घटेर तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको थियो।

आज चाँदीको भाउ भने बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँ कायम गरिएको छ।