सुन आज तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार हुँदै

281 पटक पढिएको

१२ माघ २०८०, शुक्रबार १२:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।