सुन आज तोलामा एक लाख १८ हजार ९०० रुपैयाँ पुग्यो
294 पटक पढिएको
काठमाडौं । सुनको मूल्य आज आइतबार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







