सुन आज तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ पुग्यो

280 पटक पढिएको

२५ माघ २०८०, बिहीबार १२:२१ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – आज सुन चाँदीकै भाउ घटेको छ । आज सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।