सुन आज तोलामा एक लाख १८ हजारमा कारोबार हुँदै

303 पटक पढिएको

७ फाल्गुन २०८०, सोमबार ११:४९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा सोमबार आज पनि सुनको मूल्य बढेको छ। आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।