कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

273 पटक पढिएको

८ फाल्गुन २०८०, मंगलवार १३:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । स्थानीय बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । सुनचाँदी सोमबारकै मूल्यमा कारोबार भएको हो ।

छापावाल सुुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि हिजोकै मूल्य अर्थात् प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।