बजारमा आज सुनचाँदीको मूल्य बढेर कारोबार

37 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौंं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।