एक सयले घट्यो आज सुनको मूल्य, चाँदीको कति ?

58 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ – सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा एक सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो एक लाख १८ हजार तीन सय रहेको सुन आज एक लाख १८ हजार दुई सयमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो एक हजार तीन सय ८० रुपैयाँ रहेको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।