आज कतिमा भइरहेको छ सुनचाँदीको कारोबार ?

64 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजाबी सुन १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।