कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

185 पटक पढिएको

२९ फाल्गुन २०८०, मंगलवार १२:२२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुनको मूल्य लगातार दुई दिनदेखि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हाल सम्मकै उच्च मूल्य हो ।

आइतबार र सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।