कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

21 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार ४ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।