शेयर बजार आज झन्डै १० अङ्कले बढ्यो

45 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आज शेयर बजार झन्डै १० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको शेयर बढेकोमा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

आज ९७ लाख ८९ हजार कित्ता शेयर चार अर्ब १४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर १८ करोड आठ लाख रुपैयाँमा कारोबार भयो