आज पनि घट्यो नेप्से

268 पटक पढिएको

३ बैशाख २०८१, सोमबार १७:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज पनि आरालो यात्रा जारी रहेको छ। आज बजार १६.८२ अंक ०.८३ प्रतिशतले घटेर २ हजार ६.५२ विन्दुमा बन्द भएको छ।

आज बजारमा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँको सेयर कारोबार भएको छ। हिजो ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ३१४ वटा धितोपत्रको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच भएको छ।

आज कुल ५२ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको घटेको छ भने ८ कम्पनीको स्थिर छ। माछापुच्छ्रे डिभेन्चर २०८७को सेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशतले बढेको छ।

मेन्छ्यायम हाइड्रोपावर लिमिटेडको ७.०५ प्रतिशतले बढेर प्रतिकित्ता ४१० रुपैयाँ पुगेको छ। मिड सोलु हाइड्रोपावरको ५.९३ प्रतिशतले बढेर प्रतिकित्ता ६९१ रुपैयाँ ५० पैसा पुगेको छ।