सुनको भाउ आज सात सयले घटेर तोलामा एक लाख ३९ हजार तीन सय पुग्यो

204 पटक पढिएको

४ जेष्ठ २०८१, शुक्रबार १२:३४ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज सात सय रुपैयाँले घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।