राजमार्गका होटलमा खसीको भन्दै बाख्रीको मासु खुवाईदै

751 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/जिल्ला अनुगमन समिति तथा जिल्लामा कृयाशिल उपभोक्ता अधिकारकर्मीहरुको संयुक्त अनुगमन टोलीले धादिङ जिल्लाको राजमार्ग क्षेत्रका होटल,औषधि पसल,अस्पताल र अन्य पसलहरुको अनुगमन गरेको छ ।
जिल्ला अनुगमन समितिका संयोजक एवम धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले राजमार्ग क्षेत्रका अधिकांश होटलहरुको अनुगमन गर्दा ति होटलमा उपभोक्तालाई खसीको भनेर वाख्रीको मासु विक्री गर्ने गरेको भेटिएको छ ।
खसीको मासु भन्दा निकै सस्तोमा खरिद गर्न पाइने भएकाले होटल व्यवसायीहरुले वाख्रीको मासुलाई खसीको भन्दै बेचेर ठगि गर्दै आईरहेको पाईएपछि अनुगमन समितिले नौविसे गाविस वडा नम्बर १ चालिसेमा वाख्रीको कोटेर बेचविखन गर्दै आईरहेका दमैसिंह चितुङलाई खाद्यान्नमा मिसावट गरेको आरोपमा सात दिनको म्याद दिएर जिल्ला प्रशासन कार्यालयमा वोलाएको छ । Copy of SAM_0167
चितुङले दैनिक कम्तिमा ४ वटा वाख्री काटेर होटलहरुमा बेच्दै आईरहेको पाईएको अनुगमन समितिले जनाएको छ । राजमार्गको विभिन्न स्थानमा खसीको मासु भन्दै वाख्री काटेर बेच्नेहरुको सञ्जाल सक्रिय रहेको होटल व्यवसायीहरुले वताएका छन ।
अनसगमन समितिले होटलहरुको साथै महादेवेसीमा रहेको महादेववेसी अस्पतालकोपनि अनुगमन गरेको थियो । अनुसगमनका क्रममा उक्त अस्पताल अनुमती विना संचालन भएको पाईएपछि एक हप्ताभित्रमा जिल्ला स्वास्थ्य कार्यालयमा हाजिर भई अस्पताल दर्ता प्रकृया शुरु गर्न अस्पताल संचालक रुपेश खतिवडालाई पत्र काटेको छ । यसैगरी वजार मुल्य भन्दा बढी रकम लिएर अवैध ढंगवाट पेट्रोल बेच्दै आईरहेको आरोपमा नलाङ गाविस कालिदह नजिकैका ठाकुर भट्टराईलाई पनि अनुगगमन समितिले जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्र दिएको छ ।