कक्षा १२ को नतिजा सार्वजनिक, ३८.६३ प्रतिशत पास

600 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, असोज ९ – उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गएको बैशाख जेठमा सञ्चालन भएको कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा विषय समूहको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नियमित तर्फ २ लाख ८ हजार ७ सय १ ले परीक्षा दिएकोमा ८० हजार ६ सय २० जना पास भएका छन् । नियमित तर्फ ३८ दशमलव ६३ प्रतिशत परीक्षार्थी उर्तीण भएका उच्च माध्यमिक विद्यालय परीक्षा नियण्त्रण केन्द्रले जनाएको छ ।

नियमित तर्फको परिक्षामा सहभागी मध्ये १ सय ५१ जनाको परीक्षा रद्ध गरिएको छ । आंशिक तर्फ १ लाख ३७ हजार ४ सय १२ जनाले परीक्षा दिएकोमा ४२ हजार ५ सय ३८ जना पास भएका छन् ।

आंशिक तर्फ ३० दशमलव ९६ प्रतिशत परीक्षार्थी उर्तीर्ण भएका केन्द्रले जनाएको छ । ११ जनाको परीक्षा स्थगित भएको र ५५ जनाको रद्ध भएको छ ।

परीक्षाको नतिजा थाहा पाउन मोबाइलमा एचएसइवी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखेर ५५६६ मा एसएमएस गरेर वा http://hseb.ntc.net.np पनि हेर्न सकिने उज्यालो अनलाइनले जनाएको छ् ।