त्रिशुलीमा हराइरहेका ११ को अवस्था अझै अज्ञात

644 पटक पढिएको

सम्पादक: Dhadingnews.com

  • काठमाडौं, असोज २९ – चितवनको फिस्लिङबाट सोमबार बेलुकी त्रिशुली नदीमा माइक्रो बस खस्दा बेपत्ता भएका ११ जनाको स्थिती अझै पत्ता लागेको छैन ।

 पृथ्वीराजमार्गको फीस्लीङबाट  त्रिशुली नदिमा खसेको माईक्रोबसमा रहेका झण्डै एक दर्जन यात्रुहरु अझै नदिमा बेपत्ता भएका छन्। दुईजनाको घटनामस्थलमे मृत्यु भएको छ भने ९ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । नारायणगढबाट काठमान्डौ आउदै गरेको बा २ ख २५९८ नम्बरको माइक्रो बस दारेचोक गाविसको फीस्लीङबाट सोमबार साझ साढे ५ वजेतिर त्रिशुली नदिमा खसेको थियो।

दुर्घटनामा ललितपुरकी २२ वर्षिया निशा पौडेल र अर्की एक अन्दाजी ३२ वर्षीय अष्ट्रेलियन महिलाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ। दशैको टिका लगाएर खचाखच यात्रु राखेर काठमान्डौ आउदै गरेको माईक्रोबसमा चालक सहित करिव २२ जना यात्रु रहेको प्रहरीको अनुमान छ।

गाडी दुर्घटनामा परि हराईरहेका ११ जना यात्रु र माईक्रोबसको विहानैदेखि खोजीकार्य भैरहेकोे ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ । दुर्घटनामा परी ललितपुरकी निशा पौडेल र अर्की एक अष्ट्रेलियन महिलाको ज्यान गएको थियो भने अरु ९ जना घाइते भएका छन् ।

माइक्रोबसमा २२ जना रहेकोमा अरु ११ जना हराइरहेका छन् । हराउनेहरुमा गोरखाकी पार्वती तिवारी, धादिङका लोक बानियाँ, अप्सरा बानियाँ र चन्दा बानियाँ छन् । यस्तै चितवनका झलक ढकाल उहाँका छोरा निमेष र छोरी यजस्वी छन् ।

यस्तै ललितपुरकी सम्झना खनाल, चितवनका रेश्मा पौडेल र सविना पौडेल, धापासी काठमाडौंका रीना अधिकारी र उहाँका छोरा अझै बेपत्ता छन् । गाडीका चालक माइला पनि बेपत्ता छन् । मंगलबार दिनभरी खोजेपनि माइक्रोबस अझै पत्ता नलागेको मुग्लिन प्रहरीले जनाएको छ ।