धादिङग वेलफेयर यूएईको अध्यक्षमा भिम अधिकारी

510 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

उमाकान्त पाण्डे गाउंलेदुबइ /धादिङग वेल्फेयर सोसाइटी यूएईको महाधिवेशन सम्पन्न भएको छ । गत शुक्रबार दुबइको सिन्ध पन्जाब रेस्टुरेन्टमा भएको महाधिवेशनले भिम कुमार अधिकारी को अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । यस् अघिको कार्य समितिमा अधिकारी  उपाध्यक्ष थिए । उनी नेपाली समाज यूएईका उपाध्यक्ष समेत हुन ।1376998_657084977658791_2051237631_n (1)

नयाँ गठित समितिको उपाध्यक्षमा धन बहादुर पाठक , महासचिव गुणनिधी धमाल , सचिव हुबबहादुर नेपाली, कोषाध्यक्ष बिकास गुरुङग , रहेका छन ।

समाजले राजकुमार कडेंलको सयोजकत्वमा खेलकुद बिभाग समेत बनाएको छ । समाजको सदस्यमा लाल बहादुर श्रेष्ठलाई चयन गरेको छ ।

कार्यक्रम समाजका अध्यक्ष भुवन गुरुङको अध्यक्षता तथा समाजसेवी सिपी सापकोटाको आतिथ्यतामा भएको थियो ।

सन् २००६ मा स्थापित सोसाइटीले यूएईमा उल्लेख्य सामाजिक काम गर्दै आएको छ ।