मन्त्रिपरिषद अध्यक्षलाई चिकित्सा शास्त्र अध्ययन विद्यार्थी समुह धादिङकोज्ञापन पत्र
560 पटक पढिएको
धादिङ,/ चिकित्सा शास्त्र अध्ययन विद्यार्थी समुह, धादिङको एक टोलीले बुधवार जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत मन्त्रिपरिषद अध्यक्ष मन्त्रिपरिषदका अध्यक्षलाई ज्ञापन पत्र पठाएको छ । एपेण्डिक्स क्यान्सरले जीवन मरणको दोसाधमा परेका
डां चित्र प्रसाद शर्मा वाग्लेको उपचार खर्च राज्यले ब्यहोर्नु पर्ने भन्दै चिकित्सा शास्त्र अध्ययन विद्यार्थी समुहका राम थापा क्षेत्रीको नेत्तृत्वमा रहेको टोलीले बुधवार जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत मन्त्रिपरिषद अध्यक्षको ध्यानाकर्षण गराउंदै ज्ञापन पत्र पठाएको हो । अर्घाखाँची जिल्लाको दुर्गम गाउँमा रहेर १२ बर्ष सम्म स्वास्थ्य सेवामा समर्पित डाक्टर. वाग्लेको ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ । वाग्लेको स्वास्थ्य उपचारको लागि ५ करोड लाग्ने भए पछि उनको उपचारको खर्च राज्यले ब्यहोर्नु पर्ने भन्र्दैै धादिङमा कार्यरत स्वास्थ्यकर्मीहरु, जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्डेण्ड डा. रसिला अमात्य, जिल्ला अस्पताल धादिङका कार्यरत डा. रुक्सना वेगम लगायतले मन्त्री परिषदका अध्यक्षलाई ध्यानाकर्षण पत्र पठाएका हुन ।