महिलाको न्यायमा पहुँच कार्यक्रमको कानुनी सचेतना कार्यक्रम सम्पन्न

708 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /न्यायिक क्षेत्र सुधार परियोजना अन्र्तगत महिलाको न्यायमा पहुँच कार्यक्रमको  धादिङ जिल्लाको मुरलीभञ्जाङ गाविसमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कानुन अधिकृत कल्पना खतिवडाले  राष्ट्रिय महिला आयोग भनेको , राष्ट्रिय महिला आयोगको रणनीतिहरु, राष्ट्रिय महिला आयोगले गर्ने कामहरु, चुनौतिहरु र उजुरी सुन्ने प्रक्रियाका बारेमा बताउनुभएको थियो ।
स्थानीय ३५ जना महिलाहरुको सहभागीता रहेको कार्यक्रममा खतिवडाले राष्ट्रिय महिला आयोगले महिला हिंसाको घटनाहरु अन्य निकायमा सिफारिस गर्ने र घरेलु हिंसाको उजुरी लिने काम गर्दै आएको बताउनुभएको थियो । कार्यक्रममा सहभागीहरुले कसरी राष्ट्रिय महिला आयोगमा निवेदन दिन सकिन्छ र कसरी स्थानिय तहसम्म पहुँच पु¥याउने भन्ने बारेमा जिज्ञासा राखेका थिए । यसैगरी महिला सेवा समिति धादिङको बारेमा समितिका अध्यक्ष गंगादेवी श्रेष्ठले बताउनुभएको थियो । कार्यक्रममा परियोजना संयोजक राधिका सापकोटा र महिला मानवअधिकार रक्षक सञ्जालका खिल कुमारी तिवारीको पनि सहभागीता रहेको थियो । कार्यक्रम महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङको आयोजनामा भएको हो ।