भैरवी बचत तथा ऋण सहकारीमा पुनः इश्वरकुमार श्रेष्ठ

841 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी /भैरवी बचत तथा ऋण सहकारी संस्था धादिङबेसीको १२ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न भएको साधारण सभा तथा अधिबेशनले पुन ः इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय संचालक समितिको चयन गरेको छ । SAM_0953 SAM_0959 SAM_0964
दक्षिण एशियाली ऋण महासंघका उपाध्यक्ष मिनराज कंडेलले शनिवार धादिङबेसीमा साधारण सभाको उदघाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी विकास वोर्डका सदस्य सीताराम कोईराला,श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज शर्मा,नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानी वर्मा,शिक्षक कल्याण सहकारी सस्थाका अध्यक्ष केशरीप्रसाद पन्त,संस्थाका सल्लाहकारसदस्यहरु खेमप्रसाद लोहनी, बिष्णुकुमार श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

साधारण सभाको अवसर पारेर शेयर सदस्यका छोराछोरीहरु मध्येवाट यस बर्षको प्रवेशिका परिक्षामा सवोत्कृष्ठ अंक ल्याउने बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । यसैगरी १३ बर्ष देखि संस्थामा कार्यरत व्यवस्थापक देवनारायण लामिछानेलाई कर्मचारीहरु मध्येवाट दिर्घसेवा सम्मानवाट सम्मानित गरिएको थियो । सम्मानित हुनुभएका लामिछानेलाई नगद १५ हजार र सम्मान पत्रका साथ दोसल्ला ओढाईएको थियो ।
यसैगरी संस्थावाट ऋण कारोवार गर्नेमध्ये ५५ जना असल ऋणीहरुमध्येवाट गोलाप्रथावाट छानिएका विशाल श्रेष्ठलाई कम्प्युटर प्रदान गरिएको थियो । २०५७ सालमा स्थापना भएको भैरवी सहकारीमा हाल ८ सय ११ जना शेयर सदस्य मध्ये महिला २ सय ७७ जना रहेका छन । यसैगरी १ सय ६२ जना बाल बचत कर्ताहरु रहेका छन । संस्थाको कुल शेयर पुजिँ ५६ लाख ४७ हजार ४ सय रहेको छ भने शेयर सदस्यहरुका बिच ४ करोड १६ लाख १५ हजार ९ सय६२ रुपैया लगानीमा रहेको साधारण सभामा वताईएको थियो । संस्थाले गत आर्थिक बर्षमा २०७० असार मसान्त सम्म सम्पूर्ण खर्च कटाई १५ लाख ६४ हजार २ सय ८६ रुपैंया नाफा कमाएको छ ।

zp8497586rq